global ime bank Long Banner Ad

गृहपृष्ठ उत्पादकत्व वृद्धि गर्नै चुनौती

उत्पादकत्व वृद्धि गर्नै चुनौती

उत्पादकत्व वृद्धि गर्नै चुनौती

नेपालमा खाद्यान्नको प्रमुख बालीको रुपमा रहेको धान उत्पादन विस्तारै घट्दै गएको छ । बढ्दो सहरीकरणसँगै खाद्यान्न उत्पादन हुने स्थान मासिँदै जानुले प्रत्येक वर्ष धान उत्पादनको अवस्था घट्दै गएको हो । जसले गर्दा खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ । संघीय संरचनासँगै स्थापना भएका प्रदेश मन्त्रायललाई पनि खाद्यान्न उत्पादनको दर बढाउनु सबैभन्दा ठूलो चुनौती बनेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव यमनारायण देवकोटा पनि भूमिको क्षेत्रफल विस्तारै खुम्चिँदै जाँदा उत्पादकत्व वृद्धि गर्नु नै अहिलेको प्रमुख चुनौती रहेको बताउँछन् । ‘खाद्यान्न उत्पादन गर्ने भूमि विस्तारै खुम्चिँदै गएको छ,’ उनी भन्छन्, ‘सीमित रुपमा रहेको भूमिमा उत्पादकत्व कसरी वृद्धि गर्ने भन्ने हाम्रो मुख्य चुनौती हो ।

यस्तै, सिँचाइ उपलब्धता बढाउनु, माटोमा प्रांगारिक पदार्थको कमी हुनु, नेपालको वर्णशंकर जात नहुनु, उन्नत बीउको पूर्ण उपलब्धता नहुनु, भारतीय खुला सीमा, धान तथा बीउको अवैध आयात–निर्यात जस्ता कारणले पनि खाद्यान्न उत्तापदनमा समस्या सिर्जना भएको छ । यस्तै, भातप्रतिको आकर्षण बढ्नु, अन्य खाद्यान्नको उपभोग घट्नु, मसिनो चामलको माग बढ्नुलगायतलाई पनि प्रदेश सरकारले चुनौतीको रुपमा लिएको मन्त्रालयका सचिव देवकोटाले बताए ।

यस्तै, खाद्यान्न उत्पादन घट्नुको कारण उत्पादन लागतको तुलनामा प्रतिफल कम हुनुका साथै उत्पादनशील जमिन घडेरीमा परिणत हुनु र भूमिको खण्डीकरणले यान्त्रीकरण असहज हुनु र परिकार विविधीकरणको उपयोग कम हुनु पनि चुनौतीको रुपमा रहेको छ ।

प्रदेश नम्बर ५ का १२ वटा जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा बढी धान उत्पादन हुन्छ । नेपालमै धान उत्पादनमा दोस्रो जिल्लाको रुपमा रहेको रुपन्देहीमा वार्षिक ३ लाख ५३ हजार ९ सय ३८ टन धान उत्पादन हुन्छ । यस्तै बर्दियामा कुल २ लाख ३ हजार ६ सय ८८ टन धान उत्पादन हुँदै आएको छ । प्रदेश ५ मा कुल १२ लाख ७४ हजार २ सय ६८ टन धान उत्पादन हुन्छ ।

खाद्यान्न उत्पादन जनसंख्याको हिसाबले प्रदेश ५ का चार जिल्लालाई उक्त जिल्लामा उत्पादित खाद्यान्नले नपुग्ने देखिएको छ । नवपरासासी (पश्चिम), प्युठान, रोल्पा र बाँकेमा जनसंख्याको अनुपातमा खाद्यान्न अपुग देखिएको हो ।

कृषि, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अनुसार नवलपरासीमा ६ हजार २ सय ६ टन, प्युठानमा १ हजार ७ सय ३० टन, रोल्पामा २ हजार ५ सय २० टन र बाँकेमा १ हजार ७ सय ६७ टन खाद्यान्न अपुग हुन्छ ।

नेपालमा वर्णशंकर धान (हाइब्रिड) धानको जात उन्मोचन नभए पनि ६२ वटा धानका जात उन्मोचन गरिएको छ । जसमा ३६ वटा धान पञ्जीकरणमात्र गरिएको तथ्यांक छ ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटका अनुसार जिल्लामा हाल २० प्रतिशतमात्रै रोपाइँ भएको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा किसानले असार १५ सम्म पनि रोपाइ गर्न नपाएका हुन् ।

प्रकाशित समय : २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु