काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नयाँ शक्तिका नेता बुढ्थापा मृत फेला

15.41K
shares

नयाँ शक्ति पार्टी जुम्ला जिल्ला संयोजक तथा चन्दननाथ नगरपालिका– २ ४३ वर्षीय राधाकृष्ण बुढ्थापा मृत अवस्थामा फेला परेका छन् । आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको प्रहरी टोलीले मोटरसाइकलको मधुरो प्रकाश जुगाडखोलाको किनारामा भेटेपछि खोजतलास क्रममा उक्त खोलामा बुढ्थापा मृत अवस्थामा फेला पारिएको जुम्ला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश केसीले जानकारी दिए ।

‘आइतबार बेलुकातिर जुम्लाको सनलाइट होटेलमा बुढ्थापाले एङ्गल लामासँग खाजा खाएको, तस्वीर खिचेको र गीत गाएको भेटियो,’ उनले भने । होटल साहु खड्गजीत रोकायाको भनाइ उद्धृत गर्दै उनले खाजा खानेक्रममा भएको विवादले दुवैबीच हानाहान भएको र दुवैलाई छुटाएर एङ्गल लामालाई उनको घरमा पुर्याएर फर्कंदा बुढ्थापा त्यहाँ नरहेको बताए ।

सो घटनाका सम्बन्धमा सोधपुछका लागि होटल साहु रोकाया र लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बुढ्थापाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।