गृहपृष्ठ ब्रेकिङ न्युज : कञ्चनपुरमा फेरि अर्काे बलात्कार
ब्रेकिङ न्युज : कञ्चनपुरमा फेरि अर्काे बलात्कार
कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिकाकी एक युवती बलात्कृत भएकी छन् । मुक्तकमैया शिविरमा बस्दै आएकी २० वर्षीया युवतीलाई ३२ वर्षीय बिन्तिराम चौधरीले बलात्कार गरेको स्थानीयले बताएका छन् ।
अभियुक्त चौधरीलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ । बलात्कारको घटनामा दोषी ठहर भर्इ यसअघि पनि चाैधरीले जेल सजाय काटिसकेका छन् । उनी एक वर्ष अघिमात्रै थुनामुक्त भएका थिए ।
यसअघि, आज बिहानमात्र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । पन्तकाे अाफ्नै घरनजिक उखुबारीमा बलात्कारपछि हत्या भएको प्रहरीले जनाएकाे छ ।
यो पनि पढ्नुहोस्
कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या
प्रकाशित समय : ०१:४८ बजे


















