गृहपृष्ठ बालिका हत्याको विरोधमा कञ्चनपुर दिनभर तनावग्रस्त, प्रहरीद्वारा १२ राउन्ड आश्रुग्याँस प्रहार
बालिका हत्याको विरोधमा कञ्चनपुर दिनभर तनावग्रस्त, प्रहरीद्वारा १२ राउन्ड आश्रुग्याँस प्रहार
कञ्चनपुरको भीमदत्तमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि स्थानीयबासीले आन्दोलित भएका छन् । हत्यारालार्इ कडा कारबाही गर्नुपर्ने माग राख्दै भीमदत्त नगरपालिका–२, महुलिया, उल्टाखामका बासिन्दाले दिनभर प्रदर्शन गरेका हुन् ।
आक्रोशित स्थानीयले भीमदत्त नगरपालिकाको मूल गेटमा दिनभर टायर बालेर प्रदर्शन गरे । प्रदर्शनकारी नगरपालिका कार्यालयभित्र प्रवेश गर्न खोजेपछि रोक्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा दुई प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् । भीड तितरवितर पार्न प्रहरीले एक दर्जन आश्रुग्याँस प्रहार गरेको छ ।
स्थानीयले घटनास्थलनजिकै प्रहरी बिट राख्नुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग राख्दै दिनभर प्रदर्शन गर्नुका साथै महेन्द्रनगर बजार बन्द गराएका थिए । प्रदर्शनकारीले घटनाको सत्यतथ्य छानबिन भर्इ दोषीलार्इ कारबाही नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
बलात्कारपछि हत्या भएकी बालिकाको शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । दोषीलाई पक्राउ नगरेको भन्दै परिवारले शव बुझ्न मानेका छैनन् । मृतक निर्मलाकी साथी रोशनी बमले दिउँसो ११:१५ मा निर्मला होमवर्क सकेर घर फर्किएको बताइन् । ‘हामीले होमवर्क सँगै गर्यौं, मैले उनलाई अम्बा दिएर घर पठाएको थिएँ,’ रोशनीले भनिन्, ‘आज उनी मृत अवस्थामा फेलापरेको थाहा पाउँदा डर लागिरहेको छ ।’
यो पनि पढ्नुहोस्
कञ्चनपुरमा फेरि अर्काे बलात्कार
प्रकाशित समय : ०३:०४ बजे


















