global ime bank Long Banner Ad

गृहपृष्ठ घोडाघोडी नगरपालिकामा नेविसंघले लगायो ताला

घोडाघोडी नगरपालिकामा नेविसंघले लगायो ताला

घोडाघोडी नगरपालिकामा नेविसंघले लगायो ताला

नेपाल विद्यार्थी संघले घोडाघोडी नगरपालिकाको कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरेको छ । घोडाघोडी नगरपालिकाले नगर भित्रका विभिन्न विद्यालयलाई सरोकारवालासँग आवश्यक छलफल नै नगरी मनोमानी ढंगले समायोजन तह मिलान गर्न लागेकाले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको घोडाघोडि नेविसंघका बहुमुखि क्याम्पस इकाई सभापति कमलजंग सिंहले जानकारि दिए ।

एकलौटी ढंगले विद्यालय समायोजन नगर्न नगरपालिकालाई पटक–पटक आग्रह गर्दापनि अटेर गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको नेविसंघले जनाएको छ । नेविसंघले विद्यालय समायोजनको प्रक्रिया अवैैधानीक भएको भन्दै प्रक्रिया अगाडी नबढाउन नगरपालिकालाई आग्रह गरेको छ । नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि कामकाज प्रभावित भएको छ ।

प्रकाशित समय : १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु