गृहपृष्ठ हिरोसिमा र नागासाकी आक्रमणको ७३ वर्ष : पहिले र अहिले (फोटो फिचर)
हिरोसिमा र नागासाकी आक्रमणको ७३ वर्ष : पहिले र अहिले (फोटो फिचर)
सन् १९४५ को अगष्ट ६ र ९ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमा आणविक बम आक्रमण गरेको थियो । दोश्रो विश्वयुद्ध उत्कर्षमा पुगेका बेला गरिएको सो आक्रमण जापानलाई आत्मसमर्पण गराउने उद्धेश्यले गरिएको थियो । तर, उक्त आक्रमण मानवताविरोधी थियो । त्यसैले आज पनि उक्त घटनालाई लिएर विश्वभर अमेरिकाको विरोध हुने गरेको छ ।
‘लिटल ब्वाइ’ नाम गरेको आणविक बमले त्यस वर्षको अन्तिम सम्ममा करीब १,४०,००० जनाको ज्यान लिएको थियो । त्यसको तीन दिन पछि नागासाकीमा अर्को आणविक बम ‘फ्याट म्यान’ खसालिएको थियो, जसले ७३,००० जनाको ज्यान लिएको थियो ।
माथिको फोटोमा सन् १९४५ अगस्ट ६ गतेको दिन आणविक बम बिस्फोटपछि खिचिएको ‘हिरोसिमा प्रिफेक्चरल इण्डस्ट्रीयल प्रोमोसन हल’ देखाइएको छ । यो फोटो अगस्ट २० मा ‘मासामी ओकी’ले खिचेका थिए ।
सोहि फोटोको तल्लो भागमा, सन् २०१५ जुलाइ २८ मा खिचेको ‘एटमिक बम्ब डोम’ नाम गरेको सोही भवन देखाइएको छ ।
माथिको फोटोमा सन् १९४५ को हिरोसिमा बम आक्रमणपछि पुलमा हिँडिरहेका मानिसहरू देखिएको छ । यो फोटो सन् १९४५ अक्टोबरमा ‘सिगयो हायासी’ले खिचेका थिए ।
यसै फोटोको तल्लो भागमा, त्यही ठाउँलाई २०१५ जुलाइ २८ मा खिचिएको थियो ।
माथिको फोटोमा पहिले हिरोसिमाको ‘आइओइ पुल’मा हिँडिरहेको मानिस देखिएको छ र सोहि ठाउँ २०१५ मा कसरी परिवर्तन भएको छ भनेर देखाइएको छ । उक्त फोटो ‘सिगेयो हायासी’ले खिचेका थिए ।
हिरोसिमामा सन् १९४५ को बम आक्रमण पछि ‘योरोजुयो पुल’मा भएको क्षति र अहिलेको अवस्था, माथिको फोटोमा देखाइएको छ ।
उक्त फोटो सन् १९४५ नोभेम्बरमा अमेरिकी सिपाहीले खिचेका थिए ।
सन् १९४५ को हिरोसिमा बम आक्रमण पछि ‘योरोजुयो पुल’को अवस्था र अहिले सोही ठाउँको अवस्थालाई माथिको फोटोमा देखाइएको छ । यो फोटो पनि अमेरिकी सिपाहीले खिचेका थिए ।
सन् १९४५ अगस्ट ९ मा नागासाकीको बम आक्रमण पछि क्षतविक्षत भएको ‘सिरोयामा नेशनल स्कुल’ र सोहि ठाउँमा अहिलेको अवस्थालाई माथिको फोटोमा देखाइएको छ । यो फोटो ‘सिगेयो हायासी’ले खिचेका थिए।
माथिको फोटोमा नागासाकीको बम आक्रमण पछि ‘उराकामी गिर्जाघर’को अवस्था र सोही ठाउँलाई ७० वर्ष पछि हेर्दा कस्तो देखिएको छ भनेर देखाइएको छ । उक्त फोटो पनि ‘सिगेयो हायासी’ले खिचेका थिए।
यो फोटोमा चाहिँ नागासाकी बम आक्रमणपछि ‘उराकामी गिर्जाघर’को दक्षिणी भागको क्षतिग्रस्त ढोका र अहिले सोहि ठाउँको अवस्था देखाइएको छ । यो फोटो भने ‘हिसासी इसिदा’ले खिचेका थिए।
अगस्ट ९ मा भएको बम आक्रमण पछि ‘नागासाकी मेडिकल कलेज’को भग्नावशेष र २०१५ मा सोहि ठाउँको दृश्य माथिको फोटोमा देख्न सकिन्छ । उक्त फोटो ‘तोराहिको ओगावा’ले खिचेका थिए ।
प्रकाशित समय : १४:०४ बजे



























