गृहपृष्ठ कैलालीमा सहकारीका कर्मचारीमाथी छुरा प्रहार
कैलालीमा सहकारीका कर्मचारीमाथी छुरा प्रहार
कैलालीको चुरे गाँउपालिका ४ बालुवागडामा सहकारीका कर्मचारीमाथी छुरा प्रहार भएको छ । किसान बहुउद्देश्य सहकारी संस्था चौमालामा कार्यरत लम्कीचुहा नगरपालिका ५ का पुष्कर न्यौपानेलाई मुकुण्डो लगायका अज्ञात दुई जनाले छुरा प्रहार गरेको चौमला प्रहरीले बताएको छ ।
बालुवागडाबाट सहकारीको रकम संकलनको काम सकेर फर्कदै गरेका न्यौपानेलाई बालुवागडा नजिकै बाटोमा आक्रमण भएको हो । हिजो दिउँसो पौने १२ बजे घटना भएपनि ढिलो खबर आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरी ओलीका अनुसार घाइते न्योपानेको दाया हात र पेटमा चोट लागेको छ ।
मोटरसाईकलमा रहेका न्योपानेलाई रोकेर आक्रमण गरेर उनीहरु भागेका थिए । घाइतेको धनगढीको सिपि अस्पतालमा उपचार भइरहेको छ । छुरा प्रहार गर्ने दुई जनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १३:३४ बजे



















