global ime bank Long Banner Ad

गृहपृष्ठ रुसमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

रुसमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

रुसमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । बीबीसीका अनुसार गत मार्चमा पूर्व जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई बेलायतमा स्नायु प्रणालीमा असर पार्ने विषबाट आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउन लागेको हो । नयाँ प्रतिबन्धमा संवेदनशील खालका इलेक्ट्रोनिक सामानहरूलगायत अन्य प्राविधिक कुराहरूको निर्यात पर्नेछन् । रुसमाथिको यो पछिल्लो प्रतिबन्ध अगष्टको अन्त्यबाट लागू हुनेछ ।

विदेश मन्त्रालयकी प्रवक्ता नार्ट हिथरले रुसी सरकारले अन्तर्राष्ट्रिय कानुन तोड्दै आफ्नै नागरिकविरुद्ध घातक रसायन प्रयोग गरेको आरोप लगाएकी छन् । संसदमा रिपब्लिकन सांसदहरूको दबाबपछि विदेशमन्त्रालयले मस्कोले स्क्रिपाल र उनकी छोरीमाथि सैन्यस्तरको रासायनिक हतियार प्रयोग गरेर अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेकोबारे आफूलाई राम्रोसँग जानकारी रहेको बताएको हो ।

स्क्रिपाल र उनकी छोरीमाथि रासायनिक विषको प्रयोग गरेलगत्तै करिब पाँच दर्जन कूटनीतिज्ञहरूलाई निष्कासित गरेको अमेरिकाले रुसबाट अन्तर्राष्ट्रिय कानून उल्लंघन भएको औपचारिक रुपमा बताएको हो । तर, संसदले त्यस्तो निर्णयका लागि दबाब दिँदै आएको थियो ।ग हाल विदेशमन्त्रालयले रुसले रासायनिक हतियार प्रयोग गरेर सन् १९९१ को कानून तोडेको पुष्टि गरेको हो । अन्तर्राष्ट्रिय कानुन तोडठेको भन्दै कुनै देशमाथि अमेरिकाले प्रतिबन्ध लगाएको यो तेस्रोपटक हो । बेलायतले अमेरिकाको यो कदमको स्वागत गरेको छ । उता, रुसले भने गत मार्च महिनामा स्क्रिपाल र उनको छोरीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्विकार गरेको छ ।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु