गृहपृष्ठ कैलालीको देउती गुट्खा उद्योगमा बम विष्फोट
कैलालीको देउती गुट्खा उद्योगमा बम विष्फोट
कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूले बम विष्फोट गराएको छ । आज बिहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट बाहिर बम विफोट गराएको हो ।
ठुलो आवाजमा बम विस्फोट भएपछि आसपासका स्थानीय त्रसित भएका छन् । विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।
विस्फोट भए लगत्तै प्रहरी घटानास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । सोहि उद्योगमा अज्ञात समूहले गता साउन २ गते २ वटा बम राखेकोे थियो ।
प्रकाशित समय : १३:११ बजे



















