global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरा विमानस्थल निमार्णको लागि थप जग्गा अधिग्रहण

पोखरा विमानस्थल निमार्णको लागि थप जग्गा अधिग्रहण

पोखरा विमानस्थल निमार्णको लागि थप जग्गा अधिग्रहण

 

पोखरामा निमार्णधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्णको लागि थप जग्गा आवश्यक भएको छ । पोखरा विमानस्थल निमार्णको क्रममा पुनः थप जग्गा अधिग्रहण गर्नुपर्ने भएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्ण आयोजनका प्रमुख विनेस मुनकर्मीले बताए .

‘पोखरा अन्तराष्ट्रिय विमानस्थलमा विमानको ह्याङगरको तथा इन्धन स्टोरेजको लागि (आयल निगमलाई) थप जग्गा आवश्यक भएकोले पुनः जग्गा अधिग्रहणको लागि सर्भे सहितको गृहकार्य सुरु गरेका छौं’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विमानस्थल निमार्ण कार्यको अध्ययन अवलोकन गरी दीर्घकालीन रुपमा संचालन हुने पूर्वाधार निमार्ण गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार आफूहरुले प्राविधिकहरुको सुझावमा थप जग्गा आवश्यक भएकोले पुनः जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था रहेको मुनकर्मीले बताए ।

बुद्ध एयरका प्राविधिकहरुले ह्याङगरको लागि ५ वाई ५ मिटर जग्गा आवश्यक भएको तथा आयल निगमको लागि हाल छुट्याएको ५ रोपनी कम हुने भएकाले पुनः जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

पोखरा विमानस्थलको लागि पुनः जग्गा अधिग्रण हुने कुरा चर्चा चलेसँगै स्थानीय भने शसंकित भएका छन । पोखरा विमानस्थल निमार्णको लागि पटक पटक गरी अधिग्रहण गरेकोले अब पनि फेरी विभिन्न वाहानामा जग्गा अधिग्रहण गर्न खोजे चुप नबस्ने स्थानिय गनेश पौडेलले बताए । उनले भने ‘जग्गा अधिग्रहण गर्ने नाममा आर्थिक चलखेल भएको छ, राष्ट्रिय गौरवको योजना भन्ने पटक पटक जग्गा अधिग्रहण गरी विस्थापित भएकाहरुको अवस्था के हुन्छ सरकारले बुझेको छ ?’ विमानस्थलको जग्गा अधिग्रहण गर्ने नाममा ३ सय वर्षभन्दा पुरानो सामाजिक, सांस्कृतिक तथा मौलिक परम्परा नै मेटिने गरी मझेरीपाटनलाई ध्वस्त पार्ने काम भएको उनको आरोप छ ।

प्रकाशित समय : ०१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु