global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपाको हेडक्वाटर तत्कालीन एमालेको मुख्यालयमा

नेकपाको हेडक्वाटर तत्कालीन एमालेको मुख्यालयमा

नेकपाको हेडक्वाटर तत्कालीन एमालेको मुख्यालयमा

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो प्रधान कार्यालय तत्कालीन एमालेको मुख्यालय धुम्बाराहीमा राख्ने निर्णय गरेको छ । पार्टी एकता भएको लामो समयपछि नेकपाले पार्टीको हेडक्वाटर टुंगो लगाएको हो ।

हेडक्वाटर टुंगो नलाग्दा धुम्बाराही र तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा दुवैलाई पार्टीको केन्द्रीय कार्यालय बनाइएको थियो । तर, अहिले आएर हेडक्वाटर पूर्व एमालेको मुख्यालयलाई बनाउने निर्णय भएको छ ।

बिहीबार बसेको नेकपाको सचिवालय बैठकले धुम्बाराहीलाई पार्टीको हेडक्वाटर तथा पेरिसडाँडालाई जनबर्गीय संगठनहरुको कार्यालय राख्ने निर्णय गरेको हो ।

प्रकाशित समय : २३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु