global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ नेपाल निर्माणमा अग्रसर हुन युवाहरुलाई मन्त्री घिमिरेको आग्रह

नयाँ नेपाल निर्माणमा अग्रसर हुन युवाहरुलाई मन्त्री घिमिरेको आग्रह

नयाँ नेपाल निर्माणमा अग्रसर हुन युवाहरुलाई मन्त्री घिमिरेको आग्रह

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नयाँ नेपाल निर्माणमा युवाहरु अग्रसर हुनपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका र युवा सम्बद्ध विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उनले युवाहरु परिवर्तनका सम्बाहक रहेकाले नयाँ नेपाल निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने बताए ।

मन्त्री घिमिरेले नयाँ नेपाल निर्माणमा युवाहरुलाई आफ्नो लक्ष्य आफैले निर्धारण गरेर सोही अनुसारको योग्यता र व्यक्तित्व विकास गर्दै अघि बढ्न आग्रह गरे । उनले युवा उमेरमा जोश र होशलाई राम्ररी संयोजन गर्न सके भावी जीवन सफल हुने बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले युवाहरुले सामाजिक र आर्थिक आन्दोलनको अगुवाई गर्नुपर्ने बताए । युवाहरु अझै पनि मूलप्रवाह बाहिर रहेको उनको भनाई थियो ।

युवा संघका नेपालका उपाध्यक्ष परशुराम बस्नेतले युवालाई प्राथमिकतामा राखेर तीनै तहका सरकारले कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । सो अवसरमा मोरङका विभिन्न विद्यालयबाट आएका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा सचेतनामुलक नाटक, सांस्कृतिक नृत्य र विपद जोखिम न्युनिकरण पूर्व तयारी अभ्यास प्रदर्शनी समेत गरिएको थियो ।

प्रकाशित समय : २१:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु