गृहपृष्ठ जनतालाई ढाँटेर राजनीति गर्न खोज्नु कांग्रेसको गल्ती – प्रदीप ज्ञवाली
जनतालाई ढाँटेर राजनीति गर्न खोज्नु कांग्रेसको गल्ती – प्रदीप ज्ञवाली
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘झुटको खेती’ गरिरहेको आरोप लगाएका छन् । सरकारविरुद्ध भ्रम छर्ने काममै कांग्रेसको राजनीति सीमित देखिएको उनको टिप्पणी छ ।
आइतबार भक्तपुरमा स्थानीय संचारकर्मीसँग परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अधिनायकवादको कृतिम हल्ला गरी कांग्रेसले सरकारविरुद्ध भ्रम छर्ने प्रयास गरिरहेको छ, उसको राजनीति यही हल्लामा सीमित देखिएको छ ।’
‘तातो चियाको कपमा बाफ उडेजस्तै कृतिम हल्ला फैल्याउने कोसिस भईरहेको भन्दै उनले सरकारलाई यसले कुनै असर नगर्ने दाबी पनि गरे । लोकतन्त्रलाई मर्यादित बनाउन र जनताको जीवनस्तरसँग जोड्न सरकारले सक्दो पहल गरिरहेको उनको भनाइ थियो । ‘लोकतन्त्रलाई कमजोर हुन नदिन सरकार सचेत छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।
प्रकाशित समय : २१:३३ बजे


















