गृहपृष्ठ अपडेट : मेयरको दराजभित्र बम विस्फोट भएपछि कर्मचारी त्रसित
अपडेट : मेयरको दराजभित्र बम विस्फोट भएपछि कर्मचारी त्रसित
विराटनगर महानगरपालिकाका मेयरकाे कार्यकक्षमा आइतबार दिउँसो २ बजे बम बिस्फोट भएको छ । महानगर प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडि बम विस्फोट भएको हो ।
बिस्फोटबाट कुनै पनि मानवीय क्षति नभएको प्रमुख पराजुलीले न्युज कारोबारलाई जानकारी दिए । पराजुलीको कार्यकक्ष अगाडिको दराजभित्र राखिएको बम बिस्फोट हुँदा दराज सहित वरिपरिका संरचनामा क्षति पुगेको छ ।
विष्फोटबाट पराजुलीको को. १ झ ४ सय ९४ नम्बरको गाडी क्षतिग्रस्त भएको छ । घटना कसले र किन गराएको भन्ने अनुसन्धान भईरहेको घटनास्थलमा उपस्थित प्रहरीले जानकारी दिएको छ ।
कार्यालय समयमा कार्यालयमा बम बिस्फोट भएपछि महानगरका कर्मचारीहरुमा भागदौड मच्चिएको थियो । विस्फोटपछि महानगरपालिकाका कर्मचारीमा त्रास बढेको छ ।







प्रकाशित समय : २१:०४ बजे



















