global ime bank Long Banner Ad

गृहपृष्ठ वित्त आयोग तत्काल गठन गर्न सांसदहरुको माग

वित्त आयोग तत्काल गठन गर्न सांसदहरुको माग

वित्त आयोग तत्काल गठन गर्न सांसदहरुको माग

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग तत्काल गठन गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले विकास प्रक्रिया अवरुद्ध भएको भन्दै सार्वजनिक खरिद ऐन संशोधन गर्न ढिलाइ नगर्न पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराए ।

अर्थ समितिको आइतबारको बैठकमा सांसद डा. बाबुराम भट्टराईले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तत्काल गठन गर्न सरकारसँग माग गरे । आर्थिक क्षेत्रको कार्यान्वयनका लागि मुख्य निकाय आयोग भएकाले त्यसको गठनमा ढिलाइ गर्न नहुनेमा उनको जोड थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आयोग गठन नभएकै कारण संघीयता कार्यान्वयनको काम अस्तव्यस्त हुने अवस्था आएको बताए ।

बैठकमा सांसद महेश बस्नेतले सार्वजनिक खरिद ऐन संशोधन गर्न ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराए । ‘आर्थिक वर्ष असारको मसान्त नभई चैत्रको मसान्ततिर सार्न उपयुक्त हुन्छ,’ उनले सरकारलाई सुझाए ।

समितिको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले असारको अन्तिममा आएर बजेट खर्च गर्ने परिपाटी अन्त्यका लागि सरकारले बजेट कार्यान्वयन कार्यतालिका बनाएर कामलाई अघि बढाएको बताए । उनले राजस्व असुली बढाउन सरकारले करको दायरा बढाउने र राजस्व चुहावट नियन्त्रणको नीति लिएको पनि समितिलाई जानकारी गराए । अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयनका लागि विश्व बैंक र एसियाली विकास बैंकले पनि आवश्यक रकम उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : २१:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु