गृहपृष्ठ लापर्बाही गर्ने डेढ सय निर्माण कम्पनीलाई कारबाही
लापर्बाही गर्ने डेढ सय निर्माण कम्पनीलाई कारबाही
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको अस्तव्यस्त अन्त्य गर्न सरकार अगाडि बढेको बताएका छन् । विराटनगरमा सोमबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री महासेठले यातायात क्षेत्रको अस्तव्यस्तता अन्त्य गर्न कतिपय ठाउँमा सर्वोच्च अदालतको आदेश पनि जिम्मेवार रहेको बताए ।
सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले गरेको ढिलाइ पनि अब अन्त्य हुने उनको भनाइ छ । निर्माणमा ढिलाइ गर्ने देशभरका एक सय ५० भन्दा बढी निर्माण कम्पनीलाई कारबाही गरिसकिएको र केहीलाई अन्तिम चेतावनी दिएको जानकारी दिँदै मन्त्री महासेठले अन्तिम समय उपलब्ध गराउँदा पनि निर्माण नसके कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।
यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्ने तथा ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग आफ्नो कुनै मनमुटाव नभएको पनि उनले बताए ।
प्रकाशित समय : २१:३० बजे



















