काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेसको प्रदेश सचेतकमा राई नियुक्त

19.97K
shares

नेपाली कांग्रेसको प्रदेश नम्बर १ को सचेतकमा सांसद सूयर्माराज राई नियुक्त भएका छन् । प्रदेश १ संसदीय दलको नेता राजीव कोइरालाले राईलाई सचेतक नियुक्त गरेका हुन् । राईले नेविसंघबाट राजनीति सुरु गरेका थिए ।

उनी मोरङ क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । राईले प्रदेश संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘पार्टीको निर्देशन र निर्णयअनुसार संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छु,’ राईले भने, ‘यो नियुक्तिलाई ठूलो अवसरका रुपमा पनि लिएको छु ।’