global ime bank Long Banner Ad

गृहपृष्ठ जोखिममा रारा विमानस्थल, तीन सय घर संकटमा

जोखिममा रारा विमानस्थल, तीन सय घर संकटमा

जोखिममा रारा विमानस्थल, तीन सय घर संकटमा

 

सांसद गोपाल बमले मुगुको रारा विमानस्थल जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार संसद् बैठकमा विशेष समय लिएर उनले  विमानस्थल र नजिकका बस्ती समेत जोखिममा रहेको बताए ।

सरकारले कर्णाली भ्रमण बर्स मनाइरहँदा कर्णालीको मुख्य हवाई केन्द्र रारा विमानस्थल जोखिममा रहेको घटनालाई महत्वपूर्ण लिएको छ । सांसद बमले भने ‘कर्णालीको रारा विमानस्थलबाट बगेको पानीले विमानस्थलमा पहिरो जान थालेको छ, र तलको बस्तीसमेत जोखिममा छ, तुरुन्त संरक्षणको पहल होस् ।’

रारा विमानस्थलबाट निकास भएको पानीले तीन वर्षदेखि कटान गर्दै जाँदा सयौँ घर जोखिममा परेका हुन् । छायाँनाथ रारा नगरपालिका –४ ताल्चामा रहेको रारा विमानस्थलबाट निकास भएको पानीले तीन सय घरधुरी जोखिममा परेको सांसद बमले बताए । सांसद बमले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसमक्ष रारा विमानस्थल संरक्षणको योजना बारे संसदमै जानकारी माग गरे ।

विमानस्थलको उत्तरतर्फ घट्टेखोला नदीसम्म चार किलोमिटर क्षेत्रमा बग्ने निकासीको पानीले १० हेक्टरबढी खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ ।  पानीसँगै पहिरो गएपछि खानेपानीका मूल, काठेपुल, गोरेटो बाटो, गमगढी पिना र गमगढी ताल्चा जोड्ने सडकलगायत भौतिक संरचनामा क्षति पुर्याएको छ । ०३९ बाट निर्माण कार्य सुरु भएर ०६१ वैशाखमा सुचारु भएको विमानस्थल दुर्गमका बासिन्दाका लागि जति सहयोगी बनेको छ । त्यो भन्दा कयौँ गुणा खतरा पनि बनेको छ ।

प्रकाशित समय : २२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु