global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारलाई सांसदको कटाक्षदेखि चेतावनीसम्म

सरकारलाई सांसदको कटाक्षदेखि चेतावनीसम्म

सरकारलाई सांसदको कटाक्षदेखि चेतावनीसम्म

 

संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सांसदहरुले सरकारलाई व्यंग्यदेखि चेतावनीसम्म दिएका छन् । भत्किएको सडकदेखि चर्काे करका सन्दर्भमा उनीहरूले सरकारको ध्यानाकर्षण गराए । सोमबारको बैठकमा विशेष समय लिएर समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरुले बिमस्टेक सम्मेलनको पूर्वसन्ध्यामा हुने हतारहतार सडक निर्माणलाई व्यङ्ग्य गरे ।

नेपाली कांग्रेसका सांसद गगन थापाले बिमस्टेक सम्मेलनका लागि काठमाडौं आउने विदेशी पाहुनालाई एउटै होटलमा नराख्न सरकारलाई आग्रह गरे । सडकको दुरावस्थाबारे व्यङ्ग्य गर्दै उनले विदेशी पाहुना सवार हुने क्षेत्रमा मात्र सडक बन्ने विषयतर्फ संकेत गर्दै एकै होटलमा राखिए एकै क्षेत्रमा मात्रै सडक बन्ने भन्दै राजधानीका सबै क्षेत्रमा पाहुनालाई राख्न आग्रह गरे ।  ‘विदेशी पाहुनालाई फरक–फरक होटलमा राखे काठमाडौंमा सडकका खाल्डाखुल्डी पुरिने थियो’ थापाले व्यंग्य गरे ।

पाहुनाहरूले सडकमा भएको खाल्डो, हिलो देखे भने इज्जत जाने मान्यतालाई आत्मसाथ गर्दै सरकारले रातारात खाल्डो पुर्ने र बेथिति हटाउने भएकाले आफूले यस्तो सुझाव दिएको उनको भनाइ छ । यसैगरी, सरकारले जथाभावी कर लिएकामा आपत्ति जनाउँदै सांसद हृदयेश त्रिपाठीले देशभरि करविरुद्धको आन्दोलन सुरु भइसकेको र सरकारले यसलाई बेलैमा नसम्हाले भयावह अवस्था आउने चेतावनी दिए ।

‘स्याङ्जामा ज्योतिषलाई पनि कर तिराइएको छ, परेवा, कुखुरा, साइकल जे देख्यो, त्यसमै कर लगाउने काम गरिएको छ,’ त्रिपाठीले आक्रोश पोखे । करवृद्धिकाे कारण संघीय व्यवस्था बदनाम हुने उल्लेख गर्दै उनले करविरुद्धको आन्दोलनले संघीय व्यवस्थामात्र नभई अरु धेरै चिज नस्ट हुने चेतावनी दिए ।

यस्तै, कांग्रेस सांसद डिला सङ्ग्रौलाले जन्मदर्ता र मृत्युदर्ता सिफारिस गर्दा एक हजार रुपैयाँ लिनु न्यायोचित नभएको उल्लेख गर्दै भनिन्, ‘यस्तो महँगो कर जनताले कहाँबाट ल्याएर तिर्ने ?’

प्रकाशित समय : २२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु