गृहपृष्ठ प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले मंलबार संघीय संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को शिखर सम्मेलनकाे तयारीका विषयमा संसदलाई जानकारी गराउन लागेका हुन्
दिउँसो १ बजे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको शिखर सम्मेलन हुँदैछ ।
प्रधानमन्त्री ओलीले संसदमा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिने छन् ।
प्रकाशित समय : १५:१५ बजे



















