global ime bank Long Banner Ad

गृहपृष्ठ सप्तकोशीको बाढीले सप्तरीका ५ सय घर डुबानमा

सप्तकोशीको बाढीले सप्तरीका ५ सय घर डुबानमा

सप्तकोशीको बाढीले सप्तरीका ५ सय घर डुबानमा

सप्तकोशीको बाढीले सप्तरीका ३ सय भन्दा धेरै घर डुबानमा परेको छ । गएराति आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका हटिया बस्तीका ५ सय भन्दा धेरै घर डुबानमा परेको हो ।

कोशीमा पानीको बहाव उच्च भएकाले बस्ती डुबानमा परेको हइलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । बस्तीमा पानी पसेसँगै स्थानीय अलपत्र परेका छन् ।

सोमबार साँझ सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्यूसेक पुगेकाे  थियो । बाढी प्रभावित परिवारको सामान नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सुरक्षित स्थानमा लैजान थालेका छन् ।

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु