गृहपृष्ठ बिमस्टेक सम्मेलनका लागि चार दिन पुरानो बसपार्क बन्द
बिमस्टेक सम्मेलनका लागि चार दिन पुरानो बसपार्क बन्द
खुलामञ्चमा रहेको बसपार्क मंगलबारदेखि चार दिनका लागि बन्द गरिएको छ । बिहीबार सुरु हुने बिमस्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापनका लागि मर्मत गर्न चार दिनका लागि बसपार्क बन्द गरिएको हो ।
खुलामञ्च मर्मत सम्भार गर्न चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बिहानै बसपार्क पुगेका यात्रु बसपार्क बन्दले अन्योलमा परेका थिए ।
बिम्स्टेक सम्मेलनभरका लागि बैकल्पिक व्यवस्था मिलाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था मिलाइएको छ ।
चावहिल, बौद्ध, साँखु, थानकोट, कीर्तिपुर, दक्षिणकालीलगायतका ठाँउबाट आउने सवारीसाधनलाई रत्नापार्कमा व्यवस्था मिलाइएको छ ।
बिमस्टेक सम्मेलनका लागि सवारीसाधनको आगमनलाई सहज बनाउन जोर बिजोर प्रणाली लागू गरिएको छ । महाशाखाका अनुसार भदौ १३ देखि १५ गतेसम्म उक्त प्रणाली लागू हुनेछ ।
प्रकाशित समय : १६:१९ बजे



















