काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेगा बैंक र नारायणी अटोबीच सम्झौता, मासिक १५ हजार किस्तामा गाडी पाइने

18.1K
shares

 

मेगा बैंक नेपाल र नारायणी अटो बिजनेस प्रालिबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ । नारायणी अटो बिजनेसबाट गाडी किन्न चाहने ग्राहकलाई मेगा बैंकले सरल, सहज र सुलभ दरमा १० वर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नारायणी अटो बिजनेसबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकहरुले १० वर्षसम्मको वित्तीय सुविधा पाउनेछन् ।

जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्राहकले अहिलेको प्रचलित ब्याजदरअनुसार जम्मा साढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन् ।

प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र सात दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।