काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा भट्ट

12.92K
shares

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् ।

सीईओ भट्टले नेपाल इन्भेस्टमेन्ट बैंकबाट सन् १९९८ मा बैंकिङ करियर सुरु गरेका हुन् । सन् २०११ सम्म आइपुग्दा उनी बैंकको सहायक महाप्रबन्धक बन्न सफल भए । त्यसपछि भट्टले मेघा बैंकमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरे । यसअघि भट्ट विभिन्न बैंक तथा वित्तीय संस्थालगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध थिए । भट्टसँग रेमिट टु नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभवसमेत छ ।

कम्पनीको सञ्चालक समितिसमक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै भट्टले आफूसँग रहेको अनुभवको प्रचुर उपयोग गरी कम्पनीलाई जीवन बिमा कम्पनीमध्येकै उत्कृष्ट बनाउन प्रयास गर्ने बताए । उनले कम्पनीलाई हालको स्थितिसम्म पु¥याउन सहयोग गर्ने नियमनकारी निकाय बिमा समिति, कम्पनी रजिस्ट्रारको कार्यालय तथा कम्पनी सञ्चालक समिति, संस्थापक सेयरधनी, शुभचिन्तकलगायत कम्पनीका कर्मचारीलाई धन्यवाद दिए ।