काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टीकापुर हत्याकाण्डका वादी प्रतिवादी साक्षीसहित अदालतमा उपस्थित

15.48K
shares

टीकापुर हत्याकाण्ड घटनाका वादी प्रतिवादी साक्षीसहित जिल्ला अदालत कैलालीमा पहिलो पटक उपस्थिति भएका छन । घटना भएको तिन वर्षपछि साउन ३० गते भएको पहिलो पेशीमा अदालतले वादी प्रतिवादीलाई साक्षी लिएर आउन दिएको आदेश अनुरुप आइतबार वादी प्रतिवादी साक्षी लिएर अदालत पुगी हाजिर गरेका हुन् ।

अदालतका अनुसार आइतबार वादीतर्फका ३५ र प्रतिवादीका तर्फबाट ५० जनाले अदालतमा उपस्थित भएर हाजिरी गरेका छन् ।

अदालतका शाखा अधिकृत नारायण ओझाले वादी प्रतिवादीका गरि ८५ जनाले आइतबार अदालतमा हाजिर गरेको जानकारी दिए । अदालतलमा आइतबार हाजिर नभएकाले कारण सहित आएमा यसपछि पनि हाजिरी गर्न पाउने अदालतले जनाएको छ ।

त्यस्तै, साक्षीको बयान लिन आवश्यक ठानेमा हाजिर नभएकालाई पनि अदालतमा बोलाइने बताईको छ । आइतबार हाजिर भएका साक्षीहरुको आइतबारदेखि नै बयान लिने कार्य सुरु गरिएको छ । आइतबार ३ जना वादी अर्थात् मुद्धा दिने पक्षकाको बयान लिइएको छ । दिपक न्यौपाने, राधा बोहरा र जग बहादुर साउदको बयान लिइएको हो । बयान लिने कार्य असोज १२ गतेसम्म चल्ने समेत उनले जानकारी दिए । यसपछि दैनिक ५ जनाको दरले बयान लिने कार्य गरिने र सोही अनुसार तारिक तोकेर प्रत्येक दिन बयानका लागि पाँच जनालाई बोलाईने अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए ।

उनका अनुसार वादी र प्रतिवादीका साक्षीहरुको बयान लिन कम्तीमा १५ दिन लाग्नेछ । त्यसपछि नियमित पेशी हुने भएकाले चाडै मुद्धाको फैसला हुने श्रेष्तेदार कठायतले बताए ।

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो । हालसम्म १ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ ।

२ नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ । घटनामा सग्लन अझै ३२ जना फरार रहेको प्रहरीले जनाएको छ ।