गृहपृष्ठ सुर्खेतमा चट्याङका कारण एकको मृत्यु, घाइतेको उपचार हुँदै
सुर्खेतमा चट्याङका कारण एकको मृत्यु, घाइतेको उपचार हुँदै
सुर्खेतस्थित गुर्भाकोट नगरपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।
गुर्भाकोट नगरपालिकाका ५० वर्षीया प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ । त्यसैगरी उनकी पत्नी खगिसरा पुन घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै चट्याङकै कारण गोठमा रहेका चौपायको समेत मृत्यु भएको छ । दुई गाई, एउटा गोर र एउटा कुकुर चट्याङ लागेर मृत्यु भएको समाचार प्राप्त भएको छ ।
प्रकाशित समय : २३:२० बजे


















