गृहपृष्ठ माधव नेपालले भने- पत्रकारलाई धरपकड गर्नु हुँदैन
माधव नेपालले भने- पत्रकारलाई धरपकड गर्नु हुँदैन
समाचार लेखेकै कारण पत्रकारहरुमाथि धरपकड हुन थालेको भन्दै सरकारको आलोचना भइरहेका छ । सोही विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव नेपालले पत्रकारहरुलाई अनावश्यक धरपकड गर्न नमिल्ने बताएका छन् ।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले पत्रकारहरु निरुत्साहित हुने कुनै गतिविधि प्रहरीले गर्न नहुने टिप्पणी गरेका छन् । पत्रकारहरु पक्राउ परेको विषयमा आफूले धेरै नबुझेको उल्लेख गर्दै उनले तर, त्यस्ता गतिविधि गर्न नहुने टिप्पणी गरे ।
प्रकाशित समय : ०१:०६ बजे



















