global ime bank Long Banner Ad

गृहपृष्ठ अख्तियारको तथ्यांक : ११ जिल्लामध्ये कास्कीमा बढी उजुरी

अख्तियारको तथ्यांक : ११ जिल्लामध्ये कास्कीमा बढी उजुरी

अख्तियारको तथ्यांक : ११ जिल्लामध्ये कास्कीमा बढी उजुरी

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा कास्की जिल्लाबाटै बढी उजुरी परेका छन् । गण्डकी तथा धौलागिरीका ११ जिल्ला मध्य कास्कीमा सबैभन्दा बढी उजुरी परेको कार्यालयका प्रमुख कासीराज दाहालले मंगलबार पत्रकार भेटघाट कार्यक्रममा बताए ।

आर्थिक बर्ष २०७४/०७५ मा कास्कीमा ३ सय ४६ उजुरी परेका थिए भने २ सयको फछ्यौट भई १ सय ९ फछयौट हुन बाँकी रहेको प्रमुख दाहालले बताए । त्यसै गरी सबैभन्दा थोरै मनाङमा एउटा मात्र उजुरी परेको थियो । त्यस्तै तनहँुमा ६२, स्याङजामा ६०, लमजुङमा ४९, गोर्खामा २६, मुस्तङमा ४, म्याग्दीमा ४१, पर्वतमा ८३, बागलुङमा ५५ र लुम्बिनीमा ६ वटा उजुरी परेको आयोगका उपसचिव रमेश ढकालले बताए ।

कार्यालयमा एक जना प्राविधिकबाट थप गरी हाल ८ जना प्राविधिक भए पनि उनीहरुले परीक्षण गर्ने कुनै प्रकृतिको प्रविधि भने प्रयोग गर्न नपाएको दाहालले गुनासो गरे । पोखरामा कर्मचारी दरवन्दी ५७ जना भए पनि हालसम्म ५० प्रतिशत कर्मचारी अझै कार्यालयमा नआएको उनको भनाई थियो । दक्ष प्राविधिक भए पनि आफूहरुसँग प्रविधि नभएको उनले गुनासो गरे । विकास निमार्णमा हुने गरेको अनियमिततालाइ नियन्त्रण गर्न आफूहरुसँग प्रविधि नहुँदा धेरै कठिन भएको उनको भनाई छ ।

अनुचित कार्यलाई आयोगको क्षेत्राधिकारबाट हटाएसँगै भ्रष्टचारले थप प्रसय पाएको दाहालको भनाई थियो । उनले भने ‘कार्यविधि पालना नगरेको खण्डमा पनि हामीले अनुचित कार्य गरेकोमा कारवाही गर्ने गरेका थियौं तर अब त्यसलाइ केहि गर्न सक्दैनौं, अति भएमा सोधपुछ भने गर्न सक्छौं ।’ विधि विधान विपरित काम गर्दा, सार्वजनिक खरिद ऐन विपरित काम गरेमा, धेरै शिक्षा र विकास निमार्णको विषयमा बढी उजुरी पर्ने गरेको प्रमुख दाहालले जनाए ।

सरकारी कार्यालयहरुमा बिचौलीयाहरुको अन्त्य गर्ने अभियानमा आफूहरुले पनि सहयोग गरेको बताउँदै उनले बिचौलीया अन्त्य भए पनि कार्यालयभित्र कोहि बिचौलीया हुन खोजे कारवाही गर्ने प्रमुख दाहालले चेतावनी दिए । नागरिक वडा पत्रमा राम्रोसँग अध्ययन गरी आफ्नो काम काजको लागि हेल्प डेक्सको सहायताले आफ्नो काम आँफै गर्न उनले आग्रह गरे ।

यस आर्थिक बर्षको साउनमा मात्र ८५ वटा उजुरी परेकोमा जसमध्य स्थानिय र शिक्षामा बढी उजुरी परेको उनले जनाए । प्रकृतिक श्रोत साधन माथि अवैध ढंगले दोहन गर्ने उपर समेत करवाही सुरु भएको बताउदै दाहालले भ्रष्टचार अन्त्य गर्न सवैले साथ र सहयोग गर्नुपर्ने बताए ।

कार्यालयका उपसचिव रमेश ढकालले पोखरा कार्यालयमा उजुरी पर्ने तथ्यांक हेर्दा सुरुमा २०७०/०७१ मा ४० प्रतिशतले विस्तारै बढेको ०७२/०७३ मा ७६ प्रतिशतसम्म पुगेको र हाल २०७४/०७५ मा ६१ प्रतिशतमा झरेको छ । पोखरामा आयोग स्थापना भए देखि हालसम्म २ हजार ७ सय ८१ वटा उजुरी परेकोमा २ हजार ४ सय ९४ वटा उजुरीको फछ्र्यौट गरिएको उनले जनाए ।
कानुनी व्यवस्थाको फितलो कार्यान्वयन, कमजोर राजनितीक प्रतिबद्धता, आर्थिक उपार्जन भौतिक सुविधामा प्रतिष्ठा देख्ने सामाजिक दृष्टिकोण, भड्किलो र महङगो जीवनशैली, सामाजिक आर्थिक असुरक्षा, पाठ्यक्रममा नैतिक शिक्षाको अभाव, दण्डहिन संस्कृति जस्ता कुराले गर्दा भ्रष्टचारले प्रोत्साहन पाएको उप सचिव ढकालले बताए ।

प्रकाशित समय : ००:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु