गृहपृष्ठ अख्तियार कार्यालय बुटवलले एक वर्षमा ४ करोड असुल्यो
अख्तियार कार्यालय बुटवलले एक वर्षमा ४ करोड असुल्यो
अख्तिायर दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल ले गत आर्थिक बर्षमा ४ करोड रुपैयाँ असुल गरेको छ भने व्याक्तिको नाममा जान लागेको २५ विघा सरकारी जग्गा जोगाएको छ । अख्तियार कार्यालय बुटवलले आर्थिक बर्ष २०७४/०७५ मा ४ करोड ८ लाख २९ हजार ५ सय ६३.४७ रुपैयाँ रकम असुल उपर गरको हो ।
यस्तै कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका मा रहेको एक समुदायिक वनको जग्गा याक्तिले आफ्नो नाममा बनाउँदै गर्दा अख्तियारले नियन्त्रण लिएर २५ विघा १० कठ्ठा ११ धुर जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याउन सफल भएको छ । विशेष सूचनाको आधारमा अख्तिायर बुटवलले चासो देखाएर उक्त रकम अशुल उपर गरेको हो ।
१० जिल्ला कार्यक्षेत्र रहेको अख्तिायार कार्यालय बुटवलले गत आर्थिक बर्षमा जम्मा ८ सय ५७ वटा उजुरी दर्ता गरेको छ । उक्त आर्थिक बर्षमा ४ सय ७२ उजुरी फस्र्छोट भएको छ । जिल्लागत रुपमा कार्यालयमा रुपन्देहीबाट सबैभन्दा बढि उजरी दर्ता भएका छन् । भने विधागत रुपमा शिक्षा क्षेत्रका उजुरी धेरै परेका छन् । रुपन्देहीबाट ३ सय ८ वटा उजुरी दर्ता भएकोमा १ सय ८४ वटा फस्र्याैट भएको पाइएको छ ।
नवलपरासीबाट कुल एक सय ९७ उजुरीमा एक सय ७ फछ्र्याेट, कपिलवस्तुबाट एक सय ७९ उजुरीमा ९२ वटा फस्यौट, अर्घाखाँचीमा ७२ मध्ये ४० फछ्र्याेट पाल्पामा ५३ उजुरीमध्ये ३२ वटा फछ्र्याैट र गुल्मीमा ४८ उजुरी दर्ता भएकोमा १७ उजुरी फछ्र्याेट गरेको अख्तियारले जनाएको छ ।
प्रकाशित समय : ०१:०९ बजे



















