global ime bank Long Banner Ad

गृहपृष्ठ भेनेजुएलामा ‘महामहंगी’, एक किलो टमाटरको मूल्य ५० लाख

भेनेजुएलामा ‘महामहंगी’, एक किलो टमाटरको मूल्य ५० लाख

भेनेजुएलामा ‘महामहंगी’, एक किलो टमाटरको मूल्य ५० लाख

तपाईं अनुमान लगाउनुस त, जस्तै महंगीमा पनि एक कप कफीको मूल्य कति पर्ला ? पाँच सय, एक हजार, दुई हजार वा पाँच हजार ? यही उत्तर तपाईंको मनमा आएको भए तपाईं गलत साबित हुनुहुनेछ । आर्थिक मन्दीसँग जुधिरहेको एउटा देशमा एक कप कफीका २५ लाख तिर्नुपर्छ । एक किलो टमाटरका लागि ५० लाख ।

 

हो, भेनेजुएलाका जनता अहिले महंगी होइन ‘महामंहगी’को सामना गरिरहेका छन् । त्यहाँको सरकारले महामहंगीलाई नियन्त्रण गर्नका लागि अनेक योजना बनाएको छ । ‘मनि डिमोर्टिलाइज’ गरिएको छ । पूरानो नोटलाई नयाँ नोटले प्रतिस्थापन गर्न खोजिएको छ । अझै पनि प्रश्न उठिरहेको छ, के यो योजनाले काम गर्ला त ?

 

निकोलस मादुरोको सरकारले आफ्नो मुद्रा बोलिवारको नाम परिवर्तन गरी ‘सावरेन बोलिवार’ बनाएको छ । यसको ९५ प्रतिशत अवमूल्यनसमेत गरिएको छ ।

२.४ किलोग्राम चिकेनको मूल्य १ करोड ४६ लाख बोलिवार (करिब २.२२ डलर)

 

यो वर्ष भेनेजुएलाको महंगी दरमा १० लाख प्रतिशतको उछाल आउन सक्ने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेका छ । त्यसैले पनि भेनेजुएलाको हालत थप खराब हुन सक्ने चेतावनी अर्थशास्त्रीहरुले दिएका छन् ।

 

सोमबार के भयो ?
मादुरोको कदम देशको मुद्रा परिवर्तन गर्ने खालको भएको बताइएको छ । नोटको नामसमेत परिवर्तन गरिएको छ र आठ नयाँ नोट पनि जारी गरिएको छ । २, ५, १०, २०, ५०, १००, २०० र ५०० को नयाँ नोट ल्याइएको छ ।

भेनेजुएलामा १ किलो मासु साढे ९ लाख बोलिवारमा पाइन्छ

 

भेनेजुएलाको केन्द्रीय बैंकका गभर्नर क्यालिक्स्टो ओर्टेगोले पुरानो नोट केही समयसम्ममात्रै चल्ने घोषणा गरेका छन् । मात्र एक हजारको नोटलाई प्रतिबन्ध लगाइएको छ ।

 

महंगीले कुन रुप लिन सक्छ ?
भेनेजुएला महामन्दीको चपेटामा छ । त्यहाँको राष्ट्रियसभाका अनुसार औसत प्रत्येक २६ दिनपछि मूल्य दुई गुणा बढ्दै गएको छ ।

 

केही अर्थशास्त्रीले एक कप ‘मिल्क कफी’को मूल्यलाई महंगीको प्रतीक मानेका छन् । ३१ जुलाइमा राजधानी कराकसस्थित क्याफेमा एक कप कफीको मूल्य २५ लाख बोलिवार थियो ।
पाँच हप्ताअघिको मूल्यको तुलनामा यो दुईगुणा हो । मुद्रा परिवर्तनसँगै जब ९५ प्रतिशत अवमूल्यन भयो, त्यसपछि बजारमा एक कप कफीको मूल्य २५ सावरेन बोलिवार पर्न थालेको छ ।

 

अब के हुन्छ ?
केही समय यसबाट नगदको लेन–देन सहज हुनेछ । अहिले मानिसहरुलाई एक कप कफीका लागि नोटको मोटो गड्डी तिर्नुपर्छ । भेनेजुएलाको पुरानो मुद्रामा सबैभन्दा ठूलो बोलिवार एक लाख थियो । यसको अर्थ, एक लाखको बोलिवार नोट लिएर निस्केमा एक कप कफीका लागि २५ वटा नोट दिनुपर्छ ।

यो स्यानेटेरी प्याडको प्याकेटका लागि ३५ लाख बोलिवार तिर्नुपर्छ

 

भेनेजुएलामा महंगीको कारण ठूला नोटको माग बढेको छ । त्यहाँका बैंकहरुले आफ्ना ग्राहकहरुलाई आफ्नो खाताको पैसा निकाल्न समय तोकिदिएका छन् ।

 

नयाँ योजनाबाट रोकिएला महंगी ?
नयाँ आर्थिक योजनाबाट महंगी नियन्त्रणसँगै आर्थिक युद्धको समेत सामना गर्न मद्दत मिल्ने विश्वास भेनेजुएलाको सरकारले लिएको छ । ‘साम्राज्यवादी शक्तिहरु’ले आफूविरुद्ध आर्थिक युद्ध गर्न खोजेको भेनेजुएला सरकारको भनाइ छ ।

यति गाँजरको मूल्य ३० लाख बोलिवार

 

एक सेप्टेम्बरबाट न्यूनतम पारिश्रमिकमा ३४ गुणाको बढोत्तरी हुनेछ । राष्ट्रपति मादुराले ट्वीट गर्दै भनेका छन्, ‘सरकारले ‘नवउदार पुँजीवाद’को प्रभावलाई नाकाम गरिदिनेछ ।’ ट्वीटमा उनले लेखेका छन् कि देशको आर्थिक व्यवस्था अब पूर्ण रुपमा चलायमान र चुस्त हुनेछ ।

 

तर, अर्थशास्त्रीहरुले अहिलेकै स्थितिमा महंगी हटाउने विषयमा पहल नहुनु दुखद भएको बताएका छन् । नयाँ नोटको छपाइले महंगी लामो समयसम्म नियन्त्रणमा आउन नसक्ने उनीहरुको मत छ । त्यसले परिस्थित थप बिग्रन सक्ने अर्थविदहरु बताउँछन् ।

चामलको यो प्याकेटको मूल्य २५ लाख बोलिवार

 

एक किलो चिजको मूल्य ७५ लाख बोलिवार

प्रकाशित समय : ०१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु