गृहपृष्ठ हुण्डाईले भित्र्यायो नयाँ इलेक्ट्रिक कार
हुण्डाईले भित्र्यायो नयाँ इलेक्ट्रिक कार
हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा नयाँ इलेक्ट्रिक कार भित्र्याएको छ । कम्पनीले नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन अटो सो को अवसर पारेर ‘हुण्डाई आयोनिक’ इभी इलेक्ट्रिक कार भित्र्याएको हो ।
इलेक्ट्रिक गाडीको सेग्मेन्टकै पहिलो गाडी आइओनिकको बजार मूल्य ५२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । एकपटक फुल चार्ज गरेपछि यो गाडी २ सय ५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।
६ वटा स्विच गियर जडान भएको आयोनिक इभीमा सातजना अट्न सक्ने सिट क्षमता छ । सातैवटा सिटमा एयरब्याग जडान गरिएको छ । गाडीमा रहेको इको, स्पोर्ट्स, नर्मललगायत तीनवटा मोडका आधारमा चालकले गाडीको स्पिड निर्धारण गर्न सक्ने कम्पनीले जनाएको छ ।
आयोनिक खरिदसँगै आउने अनमोड एसि चार्जरले १२ घण्टाको अवधिमा फुल चार्ज गर्न सकिनेछ । एसी कनेक्टबाटै चल्ने मिडियम चार्जर ३२ एम्पियरको करेन्टमा जोड्दा चार घण्टामा फुल चार्ज हुनेछ भने डिसि (डाइरेक्ट कनेक्ट) चार्जरमार्फत आधा घण्टामा फुल चार्ज गर्न सकिनेछ ।
प्रकाशित समय : ०१:५७ बजे



















