global ime bank Long Banner Ad

गृहपृष्ठ निर्मला हत्या प्रकरण : थप पाँच प्रहरी निलम्वित

निर्मला हत्या प्रकरण : थप पाँच प्रहरी निलम्वित

निर्मला हत्या प्रकरण : थप पाँच प्रहरी निलम्वित

सरकारले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको अनुसन्धानमा संलग्न थप पाँचजना प्रहरी अधिकारीलाई निलम्बन गरेको छ । प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अंगुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई शनिबारदेखि निलम्बन गरिएको गृह मन्त्रालयद्वारा शनिबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।

पन्तको बलात्कारपछि हत्या र त्यसपश्चात् उत्पन्न घटनाबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले गरेको सिफारिसअनुसार उनीहरूलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ । समितिले शनिबार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक प्रतिवेदन पेस गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदनमा बालिका हत्यापछि गरिनुपर्ने अनुसन्धान कार्य ‘जिम्मेवारीपूर्वक गर्न नसकेका’ सुरक्षाकर्मीलाई अनुसन्धानको दायरामा ल्याउन समितिले सिफारिस गरेको बताइएको छ । यसअघि, सरकारले छानबिनमा लापर्बाही गरेको आवाज उठेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई निलम्बन गरेको थियो ।

प्रकाशित समय : ०३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु