global ime bank Long Banner Ad

गृहपृष्ठ अपहरणमा परेका भनिएका चिकित्सक नवलपुरमा भेटिए

अपहरणमा परेका भनिएका चिकित्सक नवलपुरमा भेटिए

अपहरणमा परेका भनिएका चिकित्सक नवलपुरमा भेटिए

सिरहाबाट अपहरणमा परेका भनिएका चिकित्सक अपहरणमा नपरेको खुलासा भएको छ । हेटौंडा अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादव मंगलबार अपहरणमा परेको भन्दै उनकी श्रीमतीले प्रहरीलाई खबर खरेकी थिइन् ।

प्रहरीले यादवलाई सर्लाहीको नवलपुरमा फेला फारेपपछ उनले अपहरणको नाटक गरेको खुलासा भएको हो । मंगलबार राति नै प्रहरीले यादवलाई म २ प ८२८६ नम्बरको मोटरसाइकलसहित फेला पारेको हो ।

श्रीमतीसँगको घर झगडाका कारण अपहरणमा परेका नाटक गरेको हुन सक्ने भन्दै प्रहरीले छानबिन सुरु गरेको छ । अपहरण गरिएको आरोपमा प्रहरीले प्रेम बमलाई प्रहरीले पक्राउ समेत गरेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको सिरहाका एसपी जीवन श्रेष्ठले बताए ।

प्रकाशित समय : १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु