गृहपृष्ठ उर्थु– लासी सडकखण्ड तीन महिनादेखि बन्द
उर्थु– लासी सडकखण्ड तीन महिनादेखि बन्द
अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु– लासी सडकखण्ड तीन महिनादेखि बन्द छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ ।
सो सडकखण्डमा यातायात सेवा ठप्प छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ । लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
‘सडक बनाउन कसैले चासो देखाएका छैनन्,’ पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले भने । सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन् ।
‘दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सामान महङ्गो भएको छ,’ पातारासी–५ का मुनबहादुर बुढाले भने । वर्षात्को समय भएकाले लगातर पहिरो खसेका कारण सडक बनाउन ढिलाइ भएको पातारासी गाउँपालिकाका अध्यक्ष लछीमन रोकायाको भनाइ छ ।
बाटोमा ठूल्ठूला ढुङ्गा खसेका छन् । पहिरो खस्ने डरले सडक तत्काल बनाउन कठिनाइ भइरहेको रोकायाले बताए । ।
(रासस)
प्रकाशित समय : १७:२४ बजे



















