global ime bank Long Banner Ad

गृहपृष्ठ रिहा भएलगत्तै प्रकाण्ड पुन : पक्राउ

रिहा भएलगत्तै प्रकाण्ड पुन : पक्राउ

रिहा भएलगत्तै प्रकाण्ड पुन : पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरेलगतै प्रहरीले पुनः पक्राउ गरेको छ । पछिल्लो समय प्रकाण्ड पक्राउ परेको यो पाँचौं पटक हो ।

ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ जिल्ला न्यायाधीश हरिषचन्द्र इङ्गनामको एकल इजलासले ६० हजार धरौटीमा रिहा गरिएलगतै पुनः पक्राउ गरी दाङ लगिएको बताइएको छ ।

धरौटीमा रिहा भएका प्रकाण्डलाई हालका मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा गत कात्तिक २८ गते बम विस्फोट गराएको मुद्दामा २५ हजार, षडानन्द नगरपालिका–३ भिरथाप्लोमा भएको बम विस्फोटमा २५ हजार र साल्पासिलिछो गाउँपालिका–२ सहकारी टोलमा वाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम विस्फोटमा १० हजार धरौटीमा छुटाइएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी एवं स्रेस्तेदार मणिराम पोखरेलले जानकारी दिए ।

उक्त मुद्दामा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले वादीका तर्फबाट वकालत गरेका थिए भने प्रतिवादी प्रकाण्डको पक्षमा अधिवक्ता भीषण श्रेष्ठ, जिता मुकाङ्ग र रामकुमार राईले वकालत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले भने धरौटीमा छुटेका प्रकाण्डलाई पुनः पक्राउ गरी दाङतर्फ लाने भएको छ । प्रकाण्डलाई मङ्गलबार विराटनगर हुँदै भोजपुर ल्याइएको थियो । रासस ।

 

याे पनि पढ्नुस् :

प्रकाण्ड प्रकरण : सर्वाेच्चको तेस्रो आदेश, प्रहरीद्वारा चौथो पटक पक्राउ

प्रकाण्डलाई न्यायाधीशको रोहबरमा छाड्न सर्वाेच्चको आदेश

प्रकाण्डलाई २४ घण्टाभित्र सर्वाेच्च ल्याउनुपर्ने

प्रकाण्डलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं, काभ्रेपछि प्रकाण्डलाई अब भोजपुर लगिने

प्रकाण्ड पुनः पक्राउ

प्रकाण्डलाई रिहा गर्न सर्वाेच्चकाे अादेश

प्रकाण्डलाई तीन दिन थुनामा राख्न अनुमति

सर्वाेच्चको आदेशमा छुटेका प्रकाण्ड पुनः पक्राउ

प्रकाण्ड पक्राउ प्रकरणमा सर्वाेच्चको कारण देखाउ आदेश

प्रकाण्डलाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश

प्रकाण्डका छोरा नरेन्द्रबहादुरद्वारा सर्वाेच्चमा रिट, गैर कानुनी रुपमा थुनामा राखिएको जिकिर

‘विप्लव’ समूहका १२ नेता र १ सय कार्यकर्ता पक्राउ, विप्लवलाई पनि पक्राउ वारेन्ट जारी

जनयुद्धमा जेल ब्रेक गर्ने विप्लव समूहकी उमा भुजेल पक्राउ

सरकारविरूद्ध शसक्त अान्दाेलन गर्ने विप्लव समूहकाे चेतावनी

प्रवक्ता पक्राउको विरोधमा विप्लव समूहद्वारा आन्दोलन घोषणा

प्रकाशित समय : १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु