global ime bank Long Banner Ad

गृहपृष्ठ आईएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

आईएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

आईएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

आईएमई जनरल इन्स्योरेन्स र धादिङको नीलकण्ठ नगारपालिकाबीच नगरपालिका क्षेत्रका सम्पूर्ण कृषकका पशुपन्छी तथा कृषि बिमालगायत व्यक्तिगत दुर्घटना बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात आईएमई जनरल इन्स्योरेन्सबाट नगरपालिकाका सम्पूर्ण कृषकले आफ्ना पशुपन्छी तथा बालिनालीको बिमा गराउने सक्ने भएका छन् । नगरपालिकाले आफ्ना नगरबासीको पशुधन, कृषि तथा नगरबासीको दुर्घटना बिमा गराई नेपालमा एक नमुना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले नगरबासी कृषक दाजुभाइ तथा दिदीबहिनीलाई पशुपन्छी र बालीनालीको बिमा गराई सम्भावित क्षतिबाट बच्न आग्रह गरे । इन्स्योरेन्सका सीईओ बादेले नगरपालिकाले आफ्ना नगरबासीलगायत नगरभित्रका कृषकको सामूहिक हित हुने गरी कम्पनीसँग बिमा गर्ने अवसर प्रदान गरेकोमा नगरबासीलाई उच्च कोटीको बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय : ०१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु