गृहपृष्ठ यस्तो छ बिमस्टेक सम्मेलनको टाइमलाइन
यस्तो छ बिमस्टेक सम्मेलनको टाइमलाइन
यही भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनको कार्यक्रम तालिका सार्वजनिक भएको छ । क्षेत्रीय कनेक्टिभिटि, गरिबी निवारण, व्यापार र लगानी, जलवायु परिवर्तन र सुरक्षा मुख्य प्राथमिकताको क्षेत्र रहेको सम्मेलनको कार्यतालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको हो । उद्घाटन भदौ १४ गते प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ ।
सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानन्यायाधीश तथा सरकारको प्रमुख सचेतक दासो छेरिङ वाङचुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनेछन् । म्यानमारको राष्ट्रअध्यक्ष युङ मिन मिन्च, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल श्रीसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचा आउनेछन् । संँगै प्रधानमन्त्री केपी ओलीले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । सबै देशका विदेश मन्त्री तथा विदेश राज्यमन्त्री पनि सहभागी हुनेछन् ।
बिमस्टेक सम्मेलनको टाइमलाइन
- अगस्ट २८– म्यानमारका राष्ट्राध्यक्ष युङ मिन मिन्चको आगमन
- अगस्ट २८ साँझ– विज्ञ सम्मिलित बैठकबाट सम्मेलनमा प्रस्तुत हुने दस्तावेजको संशोधन
- अगस्ट २९– भुटानका प्रधानन्यायाधीश तथा सरकारको प्रमुख सचेतक दासो छेरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल श्रीसेनाको आगमन
- अगस्ट २९– बिम्स्टेकको १६ औं मन्त्रीस्तरीय बैठक, प्रस्तावित दस्तावेजमाथि छलफल
- अगस्ट ३० बिहान– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचाको आगमन
- अगस्ट ३०– नेपाल आएका सरकार प्रमुखको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा निवासमा भेटघाट तथा दिवाभोज
- अगस्ट ३०– दिवाभोजपछि बिम्स्टेक सम्मेलनको प्रधानमन्त्री केपी ओलीद्वारा औपचारिक उद्घाटन (स्थान– होटल सोल्टी)
- अगस्ट ३०– सहभागी सरकार प्रमुखबाट सहभागीताको स्टेटमेन्ट
- अगस्ट ३० साँझ– प्रधानमन्त्री केपी ओलीद्वारा नेपाल आएका सरकार प्रमुखहरुको सम्मानमा रात्रीभोजको आयोजना (स्थान– हायात होटल)
- अगस्ट ३१ बिहान– सरकार प्रमुखहरुका लागि रिट्रिटको आयोजना
- अगस्ट ३१– सम्मेलनका महत्वपूर्ण दस्तावेजहरुमा हस्ताक्षर
- अगस्ट ३१– काठमाडौं घोषणापत्र जारी
- अगस्ट ३१– समापन समारोह
- अगस्ट ३१– श्रीलंका र म्यानमारका सरकारप्रमुख बाहेक सबै सरकार प्रमुख स्वदेश प्रस्थान
- अगस्ट ३१– प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमनत्री नरेन्द्र मोदीबीच दुइपक्षिय वार्ता
- अगस्ट ३१– पशुपति क्षेत्र भित्र भारतीय सहयोगमा बनेको धर्मशालाको उद्घाटन तथा हस्तान्तरण
- अगस्ट १– श्रीलंका र म्यानमारका सरकारप्रमुखद्वारा लुम्बिनीको भ्रमण
प्रकाशित समय : ००:२९ बजे



















