global ime bank Long Banner Ad

गृहपृष्ठ बिमस्टेकको तयारीमा सरकारको मिस्टेक

बिमस्टेकको तयारीमा सरकारको मिस्टेक

बिमस्टेकको तयारीमा सरकारको मिस्टेक

 

दक्षिण र दक्षिणपूर्वी एसियाली राष्ट्रहरू सदस्य रहेको संगठन बिमस्टेकको सम्मेलनका पाहुनालाई देखाउन चिल्लो पारिएको सडक उप्कन थालेको छ । सम्मेलन मुखैमा आएपछि राजधानीमा रातारात गरिएको सडक मर्मतमा गुणस्तरीयताको प्रश्न उठ्न नपाउदै भत्कन थालेको हो ।

वर्षाैंदेखि भत्किएर अलपत्र परेको सडक निर्माण र मर्मतका काम समयमै नहुने र यस्ता कार्यक्रमको मुखैमा आएर अन्तिम अवस्थासम्म तात्तिने सरकारी प्रवृत्ति पुन दोहोरिएको छ । मेलम्ची खानेपानी आयोजनाले पाईप विच्छ्याउन भन्दै काठमाडौंका सडक ४ वर्ष अघिदेखि नै खन्न थालेको थियो । त्यसयता सडक अस्तव्यस्त हुँदै आएको छ । तर मेलम्ची आउने समयसीमा पटक–पटक सरिराख्दा सर्वसाधारण भने भत्किएका सडकको पीर खेपिरहेका छन् ।

 

पाउना आउने दिनसम्म पनि नटिक्ने डर
बिमस्टेकका पाहुनाको आवागमन हुने माइतीघर–तिनकुने, थापाथली–त्रिपुरेश्वर–कलंकी, चक्रपथ, रत्नपार्क वरिपरि, सिनामंगल–डिल्लीबजार सडक पिच भईरहेको छ । जमल–लैनचौर, बालुवाटार (राष्ट्र बैंक)–नक्साल हुँदै डिल्लीबजारलगायत सबैजसो सडकमा खाल्डाखुल्डी पुर्ने काम सडक विभागले गरिरहेको छ । चाबहिल–जोरपाटी, चक्रपथ–महाराजगन्ज खण्ड भने मेलम्ची खानेपानी आयोजनाले मर्मत गरिरहेको छ ।

मजदुरहरु हतार हतार काम सक्ने चटारोमा दिउँसो पनि बाटोमा अवरोध हुँदासमेत पिच गरिरहेका भेटिन्छन् । र दर्कने पानी पर्दा पनि पिच गरिहरेका भेटिन्छन् । यसरी हतारमा गरिएको यी सबै सडक मर्मत निक्कै कम गुणस्तरीय हुने देखिन्छ ।

कतिसम्म डर मान्नुपरेको छ भने अहिले गरिएका पिच पाउना आउनेदिनसम्म पनि टिक्ने हो कि होइन ? मध्यबानेश्वरको रत्न राज्य स्कुलअगाडी गरेको पिच भत्किसकेको छ । स्कुले केटाकेटीले हातैले उप्काएर हतारको सडकक मर्मतप्रति व्याङग्य गरिरहेका छन् ।

 

पीच पानीले बगायो
काठमाडौंको पुतली सडकमा गरिएको पीच एक रात पनि कटेन । बिहीबार दिउँसो गरिएको पीच सोही दिन राती परेको पानीले बगाएको छ । सडकका नालीमा गरिएको पीच सडकमा आएको पानीको भेलले बगाएको स्थानीय बताउछन् ।

 

लथालिङ्ग तार हटाइयो
बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन सदस्य सात राष्ट्रका प्रमुखहरु आउनेछन् । सम्मेलनमा बिमस्टेकका सदस्य राष्ट्रहरू नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका राष्ट्र तथा सरकार प्रमुख र सरकरी अधिकारीलगायतको आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिमस्टेक राष्ट्रका पाहुनालाई सडक सफा देखाउन उनीहरूको मुख्य आवागमन हुने रुटका तारसमेत मिलाईएको छ । सडकका दायाँबायाँ बिजुलीका पोलमा झुन्डिएका तार व्यवस्थित गरिदैँछ । यस्तै माइतीघरदेखि तिनकुनेसम्म र तिकुनेदेखि एयरपोर्टसम्म हरियाली बनाइँदै छ ।

प्रकाशित समय : ००:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु