गृहपृष्ठ महामन्त्री खड्काले भने– कांग्रेसलार्इ १ नम्बर बनाउने सुझाव दिनुस्
महामन्त्री खड्काले भने– कांग्रेसलार्इ १ नम्बर बनाउने सुझाव दिनुस्
नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले विधान संशोधनपछि नेपाली कांग्रेस नयाँ गतिका साथ अघि बढ्ने बताएका छन् । कांग्रेसको विधान संशोधन सुझाव संकलनका लागी विराटनगरमा बिहीबार आयोजना गरिएको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै विधान संशोधन समितिका संयोजक खड्काले संघीय संरचनाअनुसार पार्टीलाई अघि बढाउन विधान संशोधन आवश्यक रहेको बताए ।
कांग्रेसप्रति जनताको विश्वास रहेकाले जनताको चाहनाअनुसार विधान संशोधनको तयारीमा कांग्रेस रहेको उनको भनाइ छ । कांग्रेसलाई १ नम्बर पार्टीको रुपमा स्थापित गर्ने गरी संशोधनका लागि सुझाव दिन सहभागीलाई उनले आग्रह गरे ।
कार्यक्रममा एक नम्बर प्रदेशका १४ जिल्लामध्ये १० जिल्लाका कांग्रेस जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सांसद महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि गरी साढे ३ सयभन्दा बढीको सहभागिता छ ।
दुई दिनसम्म चल्ने भेलामा मस्यौदा समितिले प्रस्ताव गरेको विधान मस्यौदामा छलफल तथा सुझाव संकलन गरिने नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, नविन्द्रराज जोशी, अमृत अर्याल, रामहरि खतिवडालगायतको सहभागिता छ । समूह/समूह बनाएर विधानको मस्यौदामाथि छलफल भइरहेको जिल्ला सभापति लिम्बुले बताए ।
प्रकाशित समय : २३:४८ बजे



















