global ime bank Long Banner Ad

गृहपृष्ठ गच्छदारले भने – एसपीका छोरा न मेयरका भतिज, कानुन सबैलाई लाग्नुपर्छ

गच्छदारले भने – एसपीका छोरा न मेयरका भतिज, कानुन सबैलाई लाग्नुपर्छ

गच्छदारले भने – एसपीका छोरा न मेयरका भतिज, कानुन सबैलाई लाग्नुपर्छ

नेपाली कांग्रेसका नेता एवं सांसद विजय गच्छदारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई लाचार भनेका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकमा गच्छदारले गृहमन्त्री बादल शान्ति सुरक्षा कायम गर्नुको साटो लाचार बनेर बसेको बताएका हुन् । महिला हिंसा, हत्या र बलात्कारका घटना नियन्त्रण गर्न नसक्नुले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको देखिएको गच्छदारको भनाइ छ ।

संसद र राज्य व्यवस्था समितिमा गृहमन्त्रीले हत्या हिंसाका घटना पहिला पनि हुन्थे भनेर दिएको अभिव्यक्तिको आलोचना गर्दै गच्छदारले भने, ‘यो अवधिमा धेरै घटना भएका छन् । गृहमन्त्री, सरकार सतर्क हुने की नहुने?’

निर्मला हत्या प्रकरणमा सरकार निरीह बनेको उनले बताए । ‘हाम्रो देशमा अहिले निर्मला हत्या काण्ड भयो । त्यसको अपराधी समातिदैन । उल्टै राज्यले आयोग बनाइदिन्छ । यो कस्तो खालको शान्ति सुरक्षा हामीले कायम गर्दैछौं । कानुन पर्याप्त छैन र अपराधीहरुलाई दण्डित गर्नको लागि । चाहे त्यो एसपी होस् वा एसएसपी, मेयरका छोरा हुन् वा उपमेयरका छोरा भतिजा हुन् । के कानुन छैन यो देशमा ? कानुन छ तर कार्यान्वयन गर्न सक्दैनौं। यस्तो निरीह बनेको छ राज्य ।’

प्रकाशित समय : २३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु