गृहपृष्ठ हत्या भएको ४८ दिन हुँदा पनि सौरभका हत्यारा पत्ता लागेनन्
हत्या भएको ४८ दिन हुँदा पनि सौरभका हत्यारा पत्ता लागेनन्
साउन १५ गते सुतीरहेकै ठाउँमा हत्या गरिएका नोबेल मेडिकल कलेजका विद्यार्थी सौरभ उप्रेतीका हत्यारा अहिलेसम्म पनि पत्ता लागेका छैनन् । छोराको हत्या भएको ४८ दिन वितीसकेको भए पनि हत्यारा पत्ता नलाग्दा परिवारको अवस्था सोचनीय बन्दै गएको छ ।
नोबेल मेडिकल कलेज विराटनगरमा अध्यनरत उप्रेतीका बाबु अर्जुन उप्रेती र आमा गोपीनी उप्रेती आफ्नो छोराले आत्माहत्या गरेको प्रहरीको भनाइलाई अस्वीकार गर्छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सौरभका बाबुआमाले आफ्नो छोराले आत्महत्या गरेको नभई उसको हत्या भएको दावी गरे । ‘शरीर भरी निलो डाम छ, तर प्रहरी भने आत्माहत्या गरेको भन्ने कुरा प्रमाणित गर्न लागी परिरहेका छन्,’ पत्रकार सम्मेलनमा सौरभका बाबुआमाले भने, ‘दुई फिटको टेबलमा छ फिटको मान्छेले पासो लगाएर कसरी आत्महत्या गर्न सक्छ ?’
सौरभ शिक्षा मन्त्रालयको छात्रवृत्तिमा नोबेल मेडिकल कलेज बिराटनगरमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत थिए । उनी जेहेन्दार र कक्षामा प्रथम विद्यार्थी रहेको उनका बाबुआमाको भनाई छ । उनको शव घाँटीमा ल्यापटपको तारले बेरिएर मृत अवस्थामा भेटीएको थियो । आफ्नो छोराले आत्माहत्या नगरेको र प्रहरीले प्रमाण लुकाउन खोजेको परिवारको आरोप छ ।
सौरभको हत्या भएको तर, प्रशासन त्यसलाई आत्महत्यामा परिणत गर्न लागिपरेको बाबुआमाको आरोप छ । सौरभका आमाबाबुले कलेजका पदाधिकारीमाथि पनि प्रश्न चिह्न उठाएका छन् ।
सुरुमा आफूहरुलाई घटनाका सम्बन्धमा राम्रोसँग छानविन गर्ने भन्दै दाह संस्कार गर्न लगाएको तर पछि किटानी जाहेरी लिन पनि नमानेको उनीहरुको गुनासो छ । अहिले वर्ष दिन पहिले सेयर गरेको भिडियो र चार महिना अघि वाचन गरेको कवितालाई आधार मानेर आत्महत्या प्रमाणित गर्न खोजेको भन्दै उनीहरुले दुःखेसो पोखे ।
घटनाका सम्बन्धमा बाबुआमाले उठाएका केहि प्रश्नहरु :
१. घटनाबारे सँगै अध्यनरत साथि त्यसदिन पनि सँगै सुतेको भनिएको साथीलाई विहान करिब ५ बजेतिर थाह भयो भनियो तर, परिवारको सदस्यलाई विहान ७ बजेपछि घरबेटिले फोन गरेर घटनाको जानकारी गराइयो त्यो पनि अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेको छ भनेर । मृत्यु भइसकेको मान्छेलाई उपचार भइरहेको छ भनेर किन भनियो ? ५ वर्षदेखि सँगै बस्ने साथीले किन जानकारी गराएन ?
२. अचेत अवस्थामा नोबल मेडिल कलेजमा उपचार भइरहेको छ भन्ने जानकारीपश्चात इमरजेन्सिमा फोन गरेर सोध्दा ड्युटीमा रहेका अस्पतालका कर्मचारीले मृत्यु भइसकेको जानकारी गराउँदा पनि कलेज प्रशनसनलाई घटनाकोबारे फोन गरी सोध्दा हामीलाई थाह छैन किन भनियो ?
३. लासलाई अस्पताल पुर्याइएको केही घण्टापछि मात्र प्रहरीले घटनाबारे जानकारी पाएको छ । घटनाबारे प्रहरीलाई किन समयमा जानकारी गरिएन ?
प्रकाशित समय : ०१:०४ बजे


















