गृहपृष्ठ कर्णालीको राजधानीलाई नमुना बनाउँछौं : मुख्यमन्त्री शाही
कर्णालीको राजधानीलाई नमुना बनाउँछौं : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको राजधानीलाई नमुना बनाउने बताएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको वृक्षारोपणमा सहभागी भएका मुख्यमन्त्री शाहीले पहिले राजधानीलाई सफा, हराभरा र नमुना बनाउने बताएका हुन् ।
राजधानीलाई सफा र हराभरा बनाएर मात्रै प्रदेशका अन्य जिल्लामा जाने शाहीले बताए । सोमबार वृक्षारोपण कार्यक्रममा सहभागी भएका शाहीले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी पहिला राजधानीलाई बनाउँछौं । सफा, शुन्दर र हराभरा तथा नमुना राजधानी बनाएपछि मात्रै कर्णाली प्रदेशका अन्य जिल्लामा यस्ता अधियानका साथ उपस्थित हुनेछौं ।’

वीरेन्द्रनगर १२ को एयरपोर्ट चोकमा तेजपत्ताको बिरुवा रोप्दै उनले अक्सिजन र हराभरा बनाउन नभई आर्थिक सम्बृद्धिको बिम्बको रुपमा विरुवा रोपिएको बताए । ‘हामी कर्णालीको आर्थिक सम्वृद्धि चाहान्छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘भाषण गरेर मात्रै कर्णालीको सम्बृद्धि हुँदैन त्यसको लागि आर्थिक सम्बृद्धि आवश्यक छ । तेजपत्ता पैसाको खानी हो ।’
प्रकाशित समय : ००:२६ बजे


















