global ime bank Long Banner Ad

गृहपृष्ठ ट्रेक्टर दुर्घटनामा एकजनाको मृत्यु

ट्रेक्टर दुर्घटनामा एकजनाको मृत्यु

ट्रेक्टर दुर्घटनामा एकजनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका– ४ बुढीतोलामा सोमबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बुढीतोलाबाट अत्तरीयातर्फ आउदै गरेको से १ त ८९२२ नम्बरको ट्रयाक्टर करिब साढे चार बजे पल्टिदा ट्रलिले च्यापिएर गोदावरी नगरपालिका–२ टेघरीका २२ वर्षिय कविराज जोशीको मृत्यु भएको हो ।

ट्रलिमा बसेका जोशीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटना पछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु