global ime bank Long Banner Ad

गृहपृष्ठ के गर्दैछन् प्रचण्ड चीनमा ?

के गर्दैछन् प्रचण्ड चीनमा ?

के गर्दैछन् प्रचण्ड चीनमा ?

चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिनोङ्गसँग छलफल गरेका छन् ।

सो अवसरमा अध्यक्ष दाहालले आफू र आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र येनानवासी जनसमुदायमा धन्यवाद ज्ञापन गरे ।

‘धेरै पटक चीनको भ्रमण गरे पनि क्रान्तिको ऐतिहासिक नगरको अवलोकन गर्ने सन्दर्भ नमिलेकोमा यसपटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा यो अवसर मिलेकोमा अत्यन्त खुसी लागेको छ,’ उनले भने ।

सोही अवसरमा अध्यक्ष प्रचण्डले येनानमा बसेर माओले विकास गरेको जनयुद्ध र नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै माआत्सेतुङ बिचारधारा भएको उल्लेख गर्दै आफूहरु यसै विचारको अध्ययनबाट प्रेरित भएको बताए । येनान नगरको अवलोकन गर्दा आफूलाई गौरवान्वित महशुस भएको पनि उनको भनाई थियो ।

अध्यक्षले छलफलका क्रममा चिनियाँ क्रान्तिको ऐतिहासिक भूमिका केवल चिनियाँ जनता र पार्टीको मात्र नभएर संसारभरीकै निम्ति प्रेरणाको स्रोत हो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनतामा स्थापित रहेको बताए ।

उनले भने ‘यहाँ आउँदा आफ्नै क्रान्तिको अध्ययन र अनुभव गरे जस्तो भएको छ ।’ अध्यक्ष दाहालले नेपालमा राजनैतिक स्थिरता कायम भएको बताउदै आफूहरुको जिम्मेवारी आर्थिक समृद्धिसहित समाजवादको निर्माण गर्नु रहेको बताए । सेक्रेटरी सु सिनोङ्गले सान्सी प्रान्त र येनान नगरको बारेमा संक्षिप्त ब्याख्या गरेका थिए । उनले अरु प्रान्त जस्तै यहाँ पनि विकासको तीब्रता रहेको विचार व्यक्त गरे ।

प्रकाशित समय : ०१:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु