global ime bank Long Banner Ad

गृहपृष्ठ एसिड आक्रमण प्रकरण : बिरामी कुरुवा नै पक्राउ

एसिड आक्रमण प्रकरण : बिरामी कुरुवा नै पक्राउ

एसिड आक्रमण प्रकरण : बिरामी कुरुवा नै पक्राउ

रौतहटमा एसिड आक्रमणमा परी उपचारार्थ काठमाडौं ल्याइएका दुई किशोरीहरुका कुरुवा नै अस्पतालबाट पक्राउ परेका छन् । एसिड आक्रमणमा परेका दुई दिदीबहिनी सम्झना र सुस्मिता दासलाई अस्पतालमा कुर्न आएका उनीहरुका छिमेकी रामबाबु पासवानलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि दोषी पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भइरहेका बेला छिमेकी पासवानमाथि नै शंका बढ्दै गएपछि पीडितका कुरुवा पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि रौतहट पठाइसकिएको प्रहरी स्रोतले जानकारी दियो । एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी दिदी सुस्मिता र स्वास्थ्यमा सुधार देखिएकी बहिनी सम्झनाको उपचार अहिले राजधानीको कीर्तिपुर अस्पतालमा भइरहेको छ ।

चन्द्रपुर ६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया वहिनी सुस्मिता दासलाई गएको साता मंगलबार राति करीब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव छ्यापेर भागेका थिए । राति घरमा सुतिरहेको अवस्थामा दुबैजनाको अनुहारमा तेजाव छ्यापिएको थियो ।

अज्ञात व्यक्तिले ढोका खोलेर सुतिरहेका छोरीहरुको अनुहारमा तेजाव फ्याकेर भागेको पीडितका बुवा जादोलाल दासले बताएका छन् । सम्झनाको अनुहारमा र आँखामा तेजावका कारण धेरै चोट लागेको छ भने सुस्मिताको टाउको र अनुहारमा तेजावका कारण घाउ भएको छ ।

प्रकाशित समय : ०१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु