काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमाले स्थायी कमिटी बैठकः भेलाको तयारीबारे छलफल

1.01K
shares

काठमाडौँ। नेकपा (एमाले) को दोस्रो स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।

बैठकामा बुधबार र बिहीबार हुनलागेको राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

“राष्ट्रिय भेलाको तयारीका सन्र्दभमा बैठक केन्द्रीत रहेको थियो । बैठकमा तयारीका सन्र्दभमा गठन गरिएका विभिन्न उपसमितिको रिर्पोटिङ र छलफल गर्ने काम भयो,” उनले भने ।

बैठकले भेलाका लागि तय गरिएका कार्यसूचि अनुमोदन गरेको छ । यस्तै बैठकले पार्टीको चौथो केन्द्रीय कमिटीको बैठक यही मङ्सिर ४ गते गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए ।