गृहपृष्ठ तस्करीको काठ बरामद्
तस्करीको काठ बरामद्
सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टियाबाट अवैधरूमा काटिएका सालका काठ बरामद् गरिएको छ ।
लहानस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले गएराति बल्टीयास्थित चुरे क्षेत्रको राष्ट्रिय वनबाट अवैधरुपमा चिरेर ल्याइएका तीन दशमलव ८१ क्यूफिट काठ बरामद् गरेको वन अधिकृत सुनिलकुमार सिंहले जानकारी दिएका छन् ।
काठको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले काठ बरामद् गरे पनि अध्यारोको फाइदा उठाउँदै काठ बोक्ने भरिया फरार भएको बताइएको छ । सिरहामा खुला सिमानाका कारण काठको तस्करी बढेको छ ।
प्रकाशित समय : १६:४० बजे



















