काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुजुकी जेन्युइन पार्ट्सको नयाँ आउटलेट बाफलमा

12.14K
shares

सुजुकी जेन्युइन पार्ट्सको आधिकारिक वितरक सीजी होल्डिङ्सअन्तर्गतको डिलर एभ मोटर्सले आफ्नो सीआरओ अर्थात् सर्टिफाइड रिटेल आउटलेट खोलेको छ । काठमाडौंको बाफलमा माँ सन्तोषी अटो पार्ट्सको नाममा सो आउटलेट खुलेको हो ।

सोमबार एक कार्यक्रमबीच सीजी होल्डिङ्सका नायब महाप्रबन्धक श्यामबहादुर श्रेष्ठले सो आउटलेटको उद्घाटन गरे । सो अवसरमा श्रेष्ठले सुजुकीका कुनै पनि सवारी साधनमा जेन्युइन पार्ट्स प्रयोग गरेमा सवारी साधनको आयु लामो हुने, यात्रा सुरक्षित रहने र पर्फमेन्स उत्कृष्ट हुने भएकाले सके सम्म सवारी साधनमा जेन्युइन पार्ट्स नै प्रयोग गर्नुपर्ने बताए ।

एभ मोटर्सका सञ्चालक दिलिप सिग्देलले हाल कम गुणस्तरका नन–जेन्युइन पार्ट्सको प्रयोग बढ्दो क्रममा रहेकाले उपभोक्ताहरुले जेन्युइन पार्ट्सको महत्व बुझ्नुपर्ने बताए । सीआरओ स्थापनाको अवसरमा एक महिनासम्म पार्ट्समा १० प्रतिशत छुट उपलब्ध गराइने माँ सन्तोषी अटो पार्ट्सका सञ्चालक राज सुवेदीले जानकारी दिए ।

माँ सन्तोषी अटो पार्ट्स एभ मोटर्स अन्तर्गतको दोस्रो रिटेल आउटलेट हो । यो भन्दा पहिले सुकेधारामा एभ मोटर्सले आफ्नै आउटलेट सञ्चालन गरिरहेको छ । एभ मोटर्स सुजुकी जेन्युइन पार्ट्सको उपत्यकाका लागि आधिकारिक डिलर हो ।