global ime bank Long Banner Ad

गृहपृष्ठ सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवनपछि सातको मृत्यु

सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवनपछि सातको मृत्यु

सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवनपछि सातको मृत्यु

सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवन गरेपछि भियतनाममा सात जनाको मृत्यु भएको छ भने पाँच जना अचेत अवस्थामा छन् । हनोइमा आइतबार राति अबेर भएको सांस्कृतिक कार्यक्रममा यस्तो घटना भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा पीडित भएकाहरु सवै जना भियतनामकै नागरिक रहेका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ । ‘घटना के कारणले भयो र दोषी को को छन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ प्रहरीका एक उच्च अधिकृतले भने ।

मृत्यु भएका सबै २० देखि ३० वर्षका छन् भने अचेत अवस्थामा रहेका पाँच जना १८ देखि ३० वर्ष उमेर समूहका हुन् । अचेत अवस्थामा रहेकाको हनोइ अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय : १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु