global ime bank Long Banner Ad

गृहपृष्ठ किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता असोज ६ देखि

किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता असोज ६ देखि

किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता असोज ६ देखि

पोखरा महानगरपालिका–१२ मा रहेको शीतल ज्योति युवा क्लबको आयोजनामा असोज ६ देखि किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । ‘समाज निर्माणमा आजका युवा र खेलकुद’ भन्ने मूल नाराका साथ असोज १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा विजेतालाई एक लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने क्लबका अध्यक्ष सन्तोष गुरुङले बताए । प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने उनले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक प्रदान गरिनेछ भने उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोउत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५÷५ हजार प्रदान गरिनेछ । त्यसैगरी, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र वितरण गरिनेछ । सेमिफाइनलमा पराजित टिमले समेत १०÷१० हजार पाउनेछन् ।

पोखराको अमरसिंह माविको खेलमैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजक माटोपानी–१२ हङकङ परिवार, सह–प्रायोजक तथा प्रथम पुरस्कार प्रायोजक माटेपानी युथ एसोसिएसन यूके परिवार, दोस्रो पुरस्कार प्रायोजन क्लबका आजीवन संरक्षक विमल बसेलले गरेको प्रतियोगिता संयोजक मीनप्रसाद गुरुङले जानकारी दिए ।

क्लबका पूर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिवारजनबाट ५ लाखको अक्षयकोष स्थापनापछि प्रतियोगिताको नाम किरण खड्का स्मृति रहन गएको हो । क्लबले किरणको स्मृतिमा प्रतियोगिता आयोजना गर्दा खेलकुदको विकास हुने खड्काका माइला बाबु शिव खड्काले बताए ।

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु